skip this farak Kura Pravakar

पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु

2.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg
पाल्पा-पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ । 

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट तल खसेको हो ।

मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको पाल्पाका एसपी जनकबहादुर शाहीले जानकारी दिए ।

१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ । प्रहरी स्थानीयले उद्धारको काम गरिरहेका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630