मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु
वि.सं.२०७९ साउन १२ बिहीवार १३:२७
972
shares

काठमाडौं । कैलाश गाउँपालिका–७ वराङस्थित मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका खानीडाँडा बस्ने ५५ वर्षीय जित बहादुर प्रजा रहेका छन् । उनको बुधबार मृत्यु भएको हो ।
प्रहरी चौकी भार्ता र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ साउन १२ बिहीवार १३:२७

















