skip this

खुकुलो नागरिकता प्रावधानका कारण नेपालमा सङ्गठित अपराध बढ्ने छ– खिमलाल देवकोटा

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा सङ्गठित अपराध बढ्ने चिन्ता थपिएको राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बताएका छन् ।आज राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अङ्गीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताएका छन् ।

भारतमा छोरीलाई विवाह गरेर पठाएमा सात वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गगरेका छन् । यो प्रावधानले नेपालमा सङ्गठित किसिमको अपराध बढ्ने उनको भनाई छ ।

उनले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने र त्यसरी निवेदन दिँदा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने व्यवस्था रहेको बताए ।

nijgadh-supermart-adz1200-630