skip this

कर्मचारी समायोजन सम्बन्धि मुद्दाको फैसला भदौ १ गते हुने

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला भदौ १ गते आउने भएको छ । हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरिएको उक्त रिटमाथिको सुनुवाइ साउन १७ गते मंगलबार सकिएपछि भदौ १ गतेका लागि फैसलाको मिति तोकिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मंगलबार निवेदक र सरकारी पक्षको जवाफ सकिएपछि संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा भदौ १ गते निसु (निर्णय सुनाउने) मिति तय गरिएको छ । उक्त दिन फैसला सुनाउन निसुको मिति तोकिएको हो । गत असार ७ गतेबाट कर्मचारी समायोजन सम्बन्धी सबै मुद्दालाई एकैठाउँमा राखेर संवैधानिक इजलासमा सुनुवाई गर्ने गरी पठाइएको थियो । त्यसपछि असार १५ गते पेसीमा चढेपनि उक्त रिटमाथि सुनुवाइ हुन सकेको थिएन । असार २९ गते पेसीमा चढेपछि त्यसपछि संवैधानिक इजलासबाट हेर्दाहेर्दैमा राखेर उक्त मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो । कर्मचारी समायोजनसम्बन्धी ९९ थान मुद्दा लगाउमा राखेर एकैसाथ हेरिएको हो ।

देश संघीयतामा गएपछि सरकारले कर्मचारीहरुलाई रोज्न लगाएर संघ, प्रदेश र स्थानीय तहमा प्राथमिकताको आधारमा समायोजन गरेको थियो । तर समायोजन गर्दा सरकारले अन्याय गरेको भन्दै यस विषयमा पटकपटक सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

कर्मचारी समायोजनको विषय प्रशासनिक मात्रै नभएर संवैधानिक व्याख्या पनि आवश्यक रहेको भन्दै उक्त मुद्दालाई संयुक्त इजलासबाट पूर्ण इजलास, पूर्ण इजलासबाट बृहत पूर्ण इजलास र त्यहाँबाट पनि गम्भीर संवैधानिक व्याख्याको आवश्यकता रहेको भन्दै संवैधानिक इजलासमा पठाएको थियो । सोही मुद्दामा भदौ १ गते फैसला आएपछि कर्मचारी समायोजन सम्बन्धी विवाद समाप्त हुने छ ।

nijgadh-supermart-adz1200-630