skip this

कोटेश्वरमा टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गएराति काठमाण्डौको कोटेश्वरमा भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । कोटेश्वरमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किँदा मकवानपुरको बकैया गाउँपालिका–४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षकी भूमिका आलेमगरको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक भक्तपुरको नयाँठिमी बस्ने दोलखा वैत्येश्वर घर भएका प्रेम श्रेष्ठ घाइते भएका र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630