बाबुरामको नयाँ पार्टीको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा
वि.सं.२०७९ साउन २१ शनिवार ०८:३९
795
shares

काठमाडौं ।आज बाबुरामको नयाँ पार्टी नेपाल समाजवादी पार्टीको बैठक बस्दै छ । आज बस्ने बैठकमा आगामी निर्वाचनबारे छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् । त्यसैगरी चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने छ।
हालै दर्ता भएको पार्टी भएकाले संगठन निर्माणसम्बन्धी विषयमा पनि छलफल हुनेछ। केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी आवश्यक निर्णय हुने जनाइएको छ।
वि.सं.२०७९ साउन २१ शनिवार ०८:३९

















