skip this

माओवादी केन्द्र र नेकपा एस कम्युनिष्टको नाममा कलंक भएको विष्णु पौडेलको आरोप

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कम्युनिष्ट पार्टीका नाममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कलंक भएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आरोप लगाएका छन् । आज नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले दाङमा आयोजना गरेको प्रदेशस्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी र एकीकृत समाजवादी स्खलित हुँदै गएको बताए ।

उनले कम्युनिष्ट पार्टीको सरकार गिराउन अदालत धाउँदै कांग्रेससँग सहकार्य गर्नेहरू कम्युनिष्टको नाममा कलंक भएको बताएका छन् ।अदालतलाई दुरूपयोग गरेर परमादेशबाट बनेको सरकार आउँदो मंसिरको जनताले विस्थापित गरी एमालेको सरकार बन्ने बताए । पौडेलले कांग्रेसलाई बुर्जुवा तर सुधारवादी शक्ति रहेको बताए । शक्ति सन्तुलन अहिले बिग्रेर एमाले कमजोरजस्तो देखिए पनि संगठनका हिसावले एक नम्बर पार्टी रहेको पौडेलको भनाइ छ ।

nijgadh-supermart-adz1200-630