skip this

निर्वाचनमा स्वदेश फर्किन प्रवासी नेपालीलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आगामी निर्वाचनमा स्वदेश फर्किन प्रवासी नेपालीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरेका छन् ।पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनावको बेला भोट हाल्न नेपाल आउन आग्रह गरेका हुन् ।

प्रवासले राप्रपाप्रति भरोसा गरेको भन्दै अध्यक्ष लिङ्देनले उक्त भरोसालाई भोटमा रुपान्तरण गर्नुपर्ने बताएका थिए । जनताले यथास्थितिबाट मुक्ति खोजिरहेको बेला राप्रपा भरपर्दो विकल्प बनेर अगाडि बढिरहेको उनको भनाई थियो ।मतबाटै देशको अवस्था बदल्न सकिने भन्दै लिङ्देनले चुनावको बेला नेपाल आउन आग्रह गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630