skip this

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ। सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार आजको बैठकका आठ वटा कार्यसूची रहेका छन्। पहिलो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले बीमा सम्बन्धी विधेयक पेश गर्नेछन्।

संघीय संसद्मा दर्ता भएको चार वर्षपछि बीमा सम्बन्धी विधेयक पेश हुन लागेको हो। यो विधेयक २०७५ असार २७ गते संसद्मा दर्ता भएको थियो।त्यस्तै, अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव यातायातमन्त्री मोहम्मद इस्तियाक राईले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

nijgadh-supermart-adz1200-630