skip this

निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ।

आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन केन्द्रित केन्द्रीय विशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए। विशेष सुरक्षा योजना अनुमोदन भएसँगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण हुने उनले बताए ।

त्यस्तै बैठकमा सोमबारबाट हुने चिनियाँ जन कांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वको टोलीको नेपाल भ्रमण त्रुटिरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका सहसचिव पोखरेलले बताए।

त्यस्तै बैठकले दार्चुला जिल्लामा भएको विपद्को घटनाको समीक्षा गर्दै बेमौसमी वर्षाका कारण हुनसक्ने क्षतिलाई न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि सुरक्षा निकायलाई निर्देशन दिइएको पोखरेलले बताए।

nijgadh-supermart-adz1200-630