skip this farak Kura Pravakar

भक्तपुर र काभ्रेमा गहना लुटपाटमा संलग्न ६ जना पक्राउ

993 shares
oil-nigam-amlekhgunj-adv.jpeg

भक्तपुर- सुनका गहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ का २२ वर्षीय बुद्ध तामाङ, उदयपुर त्रियुगा नगरपालिका–७ का २३ वर्षीय बिशाल राई, सिन्धुली मरिन गाउँपालिका–५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–३ का २१ वर्षीय सुदिप भण्डारी, मोरङ शनिश्वरे नगरपालिका–८ का ४० वर्षीय चन्द्र बहादुर बिक र भारत महाराष्ट्र सिङ्ली घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।

उनीहरुले भक्तपुर र काभ्रेका विभिन्न स्थानहरूमा सुनका गहना लगाएका व्यक्तिहरुलाई पिछा गरी एकान्तमा पारी गहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकल सहित लुटपाटमा संलग्नमध्ये बुद्ध, बिशाल, आर्यन र सुदिपलाई पक्राउ गरेको हो ।

साथै लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने चन्द्र बहादुर र लुटिएको सुन किन्ने अमोललाई लुटिएको करिब २ तोला सुन सहित काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630