ट्याटु देखाउन टपलेस भइन् श्रुति
वि.सं.२०७८ असोज २१ बिहीवार १३:२७

मुम्बई(जीन्यूज)– बलिउड अभिनेत्री श्रुति हासन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री आफ्नो सुन्दर तस्वीरलाई सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।
यिनै अभिनेत्रीले एकपटक फेरि आफ्नो ग्ल्यामर शैली देखाएकी छन् । उनले पिठ्युमा एक ट्याटु बनाएकी छन् र आफू टपलेस भएर फ्यानलाई देखाएकी छन् ।
भारतीय फिल्मका दिग्गज अभिनेता कमल हासनकी छोरी श्रुतिले आफ्नो अभिनयको कमाल फिल्ममा देखाइसकेकी छन् । श्रुतिले आफ्नो करियरमा एकसेएक फिल्ममा अभिनय गरेकी छन् । हालैमात्र उनले ट्याटुवाला तस्वीर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । तस्वीरमा उनले आफ्नो पिठ्युमा रहेको ट्याटुलाई देखाएकी छन् । तस्वीर श्यामस्वेतको छ । ट्याटुमा उनले आफ्नो नाम लेखेकी छन् ।
ट्याटु तमिल भाषामा लेखिएको छ । ‘मेरो नाम भन्नुहोस्, ठूलो स्वरमा भन्नुहोस्’उनले तस्वीरको क्याप्सन लेखेकी छन् । श्रुति चाँडै प्रभासका साथ फिल्म ‘सालार’मा देखिँदैछिन् । यो फिल्म आगामी वर्षको अप्रिल १४ मा रिलिज हुँदैछ ।
यसबाहेक श्रुतिको हिन्दी फिल्म ‘द पाउडर’ हो । जुन यसैवर्ष जी५ मा रिलिज भएको थियो ।
वि.सं.२०७८ असोज २१ बिहीवार १३:२७
















