skip this farak Kura Pravakar

एमाले छोडेर माधव नेपालको पार्टीमा गए भानुभक्त जोशी

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेकपा एमालेका नेता भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
     बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् ।
    एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए ।
    एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाडेका हुन्। त्यसक्रममा उनले भने, ‘एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले मैले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको हुँ।’
    साविक नेकपा हुँदा सुदुरपश्चिम प्रदेशको सह-इन्चार्जको जिम्मेवारी पाएका जोशी एमाले समानान्तर कमिटीको प्रदेश अध्यक्ष थिए।

nijgadh-supermart-adz1200-630