नेफेजले पायाे पहिलो महिला नेतृत्व, रोशनी बनिन् अध्यक्ष
सविन महासचिव चयन
वि.सं.२०७९ असोज ८ शनिवार १४:४७
1.6K
shares

काठमाडाैं-नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले महिला नेतृत्व पाएकाे छ । पहिलो अध्यक्ष रोशनी अधिकारी चयन भएकी हुन् ।
३७ औं साधारणसभाले नेफेजको इतिहासमा पहिलो महिला अध्यक्षका रुपमा रोशनीलाई चयन गरेको हो ।
शुक्रवार सम्पन्न साधारणसभाले नेफेको उपाध्यक्षमा गोपाल तिवारी र महासचिव सविन शर्मा चयन भएका छन् भने सहचविमा प्रगती ढकाल र कोषाध्यक्षमा सोमनाथ लामिछाने चयन भएका छन् ।
सदस्यहरुमा निका बन्दन,अभयराज जोशी,सृष्टि काफ्ले,सुजता कार्की र शैलेन्द्र पोखरेल चयन भएका छन् ।
त्यसैगरि लेखा समिति संयोजकमा बिजयराज पौडेल तथा सदस्यमा निमेश अधिकारी र शोभा मानन्धर चयन भएका छन् ।
वि.सं.२०७९ असोज ८ शनिवार १४:४७

















