skip this

पोखरामा टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ

714 shares
oil-nigam-amlekhgunj-adv.jpeg

कास्की। पोखरा महानगरपालिका–२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग.१ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियार छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

क्रसर उद्योगको टिपर चोरी गरी पोखरातर्फ ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका–१ सिमपानीबाट उनलाई टिपर सहित पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630