skip this

रविन्द्र मिश्र : ५ वर्षे राजनीतिक बसाईको तीन घुम्ती ! बैकल्पिक छाडेर पश्चगामी यात्रामा

यसकारण वैकल्पिक हैन राप्रपा

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–अघिल्लो संसदीय निर्वाचनमा चर्चित उम्मेदवार थिए, रविन्द्र मिश्र । बिबिसीमा काम गरेर प्रतिष्ठित पत्रकारको छवि बनाएका मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बने ।

गणेशमान पुत्र प्रकाशमान श्रेष्ठलाई टक्कर दिए पनि मिश्र पराजित भए ।

एक घुम्ती

नेता बन्ने हुटहुटी भएका मिश्रले एक वर्ष अघि २०७३ फागुनमा साझा दल खोलेका थिए । पत्रकारिता छाडेर सुरुमा साझा पार्टी र पछिल्लो समय विवेकशील साझा पार्टीको नेतृत्व गरे ।

वैकल्पिक शक्तिका रुपमा उदायको उज्जव थापा नेतृत्वमा रहेको विवेकशील नेपाली पार्टीसँग दुई पटक एकता गरे, विवेकशील साझा पार्टीको अध्यक्ष पनि भए ।

त्यो दलले २०७४ बाग्मती प्रदेशसभामा समानुपातिक पद्धतितर्फ तीन सिट पायो । यो दलले प्रदेशसभा र प्रतिनिधिसभामा प्रत्यक्षमा खाता खोल्न सकेन ।

दुई घुम्ती

३० वैशाख २०७९ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार समीक्षा बास्कोटाले ६४७ ले मत मात्र पाएपछि मिश्रले अध्यक्ष पदबाटै राजीनामा दिए ।

फुट र एकताको श्रृखला चलेको यो पार्टीले गति लिनुको साटो एकपछि अर्काले छाड्न थाले । १३ साउन २०७८ मा ‘विचारभन्दा माथि देश’ भन्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव ल्याएपछि विवेकशील साझाभित्र विवाद झन् चर्कियो । गणतन्त्र पक्षधर युवा पक्तिले भरिएको पार्टीभित्र राजतन्त्रको मुद्दा झिकेपछि विवाद स्वभाविक नै थियो ।

तीन घुम्ती

५ वर्षअघि राजनीति थालेका मिश्र बुधबार बैकल्पिक राजनीतिको धार छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुगे । मिश्र त्यही दलको वरिष्ठ उपाध्यक्ष बन्न पुगेका छन् । २०६३ को अन्तरिम संविधानदेखि २०७२ को संविधानसम्म संघीय लोकतान्त्रिक गणतन्त्र लिपिबद्ध भएको छ । धर्मनिरपेक्षता र संघीयता खारेज गरेर संवैधानिक राजसंस्था फिर्ता ल्याउनुपर्ने विचारको टेको समाइरहेका मिश्र आफू पश्चगामी यात्रामा छन् ।

कति समय टिक्लान ?

आफैंले अगुवाइ गरेको साझा र विवेकशील साझा पार्टीमा समेत टिक्न नसकेका मिश्र राप्रपामा कसरी टिक्लान भन्ने आशंका गर्न सकिन्छ । उनले राप्रपामा आफ्नो अस्तित्व प्रमाणित गर्छन् अहिल्यै भन्न सकिन्न ।
अहिले उनी राजनीतिको यात्रामा राप्रपाको छहारीमा ओत लाग्न पुगेका छन् । तर बुधबारको एकता सभामा राप्रपा उपाध्यक्ष तामाङले मिश्र र उनको समूहप्रति पार्टीले ठूलो आशा राखेको बताएका थिए । उनले भनेका छन्–‘हाम्रो आशामाथि तुषारापात गर्नुहुने छैन भन्ने विश्वास छ ।’

यसकारण वैकल्पिक हैन राप्रपा

२०४६ को जनआन्दोलनपछि पूर्वपञ्चहरुले राजनीति गर्न खोलेको पार्टी हो राप्रपा । संवैधानिक राजतन्त्र रहँदासम्म पटक–पटक सरकारको नेतृत्व गरिसकेको छ । यो दल पछिल्लो समय संसदमा उपस्थितिकै लागि संघर्षरत छ । यो पार्टीबाट गत निर्वाचनमा एक मात्र सांसद थिए, राजेन्द्र लिंदेन ।

२०६२/६३ को जनआन्दोलनमार्फत नेपाली समाजले किनारा लगाइएको ‘राजतन्त्र’ पुर्नस्थापना र हिन्दु राष्ट्र कायम गर्नुपर्ने यो दलको मुख्य एजेण्डा हो ।

nijgadh-supermart-adz1200-630