एमाले अध्यक्ष ओली र राजु कार्की गरे मनोनयन दर्ता
वि.सं.२०७९ असोज २३ आइतवार १३:१५
1.13K
shares

काठमाडौं।एमाले अध्यक्ष केपी ओलीले झापा ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका छन् ।
त्यस्तै नेकपा एमाले नेता राजु कार्कीले प्रतिनिधिसभा सदस्य लागि मनोनयन दर्ता गरेका गरेका छन्। कार्कीले मुगुको निर्वाचन क्षेत्रको लागि काठमाडौँस्थित निर्वाचन आयोग कार्यालय पुगेर आइतबार बिहान मनोनयन दर्ता गरेका छन्। उनले प्रतिकुल मौसमका कारण मुगु पुग्न नसकेर काठमाडौँबाट मनोनयन दर्ता गरेका हुन्।लामो समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा चिनिन्छन्।
वि.सं.२०७९ असोज २३ आइतवार १३:१५

















