skip this

सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्र हो –वामदेव गौतम

921 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, २६ असोज। सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्र भएको नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमको भनाई छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दे उनले सिद्धान्त, विचार, नीति, योजना र देश विकासको स्पष्ट खाकाविहीन अवस्थामा मुलुकका मुख्य राजनीतिक पार्टीहरू दुई गठबन्धनमा आबद्ध भएको बताएका छन्। दुवै गठबन्धनको उच्चतम् उद्देश्य आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्नेबाहेक अरु केही नरहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुवै गठवन्धन बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाको विरुद्ध रहेको गौतमले उल्लेख गरेका छन्।गौतमले आफ्ना कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई मतदानमा स्वविवेक प्रयोग गर्न पनि आग्रह गरेका छन्।

मतदान गर्नुपूर्व स्थानीय तहका जनतालाई गोलबन्द गरी सम्बन्धित जिल्ला र क्षेत्रको निर्माण र विकास सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित उम्मेदवारलाई लिखित रूपमा प्रतिबद्ध गराउने कामको अगुवाइ गर्न उनले निर्देशन दिएका छन्। उनले उम्मेदवारबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने वा कुनै लेनदेनको कार्य नगर्न र भोजभतेरमा सहभागी नहुन पनि पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

nijgadh-supermart-adz1200-630