skip this

‘स्क्विड गेम’ले एक महिनामै कमायो ९ सय मिलियन डलर

708 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सोल(एबीपी लाइभ) : नेटफ्लिक्सको सिरिज ‘स्क्विड गेम’ले कमाईको सबै रेकर्ड तोडेको छ ।
  सिरिजले ओटीटी प्लेटफर्मममा सर्वाधिक हेरिने सिरिजको मात्र रेकर्ड बनाएको छैन, यसले पछिल्लाे एक महिनामा जबरदस्त कमाईको रेकर्ड पनि राखेको छ ।
    ब्लूमबर्गको इन्टरनल रिपोर्ट अनुसार सिरिजले एक महिनामा ९ सय मिलियन डलरको कमाई गरेको छ । जबकी यसको निर्माणमा २१ दशमलब ४ मिलियन डलरमात्र खर्च भएको थियो । यो लगानी अन्य ठूला सिरिजको तुलनामा निकै कम हो ।
   साउथ कोरियन सिरिज ‘स्क्विड गेम’लाई विश्वभरबाट नै राम्रो प्रतिक्रिया आइरहेको छ । यसलाई ह्वांग डोंग–ह्युकले निर्देशन गरेका हुन् । यो शो नेटफ्लिक्समा हालसम्म सबैभन्दा बढी हेरिएको शो बनेको छ । एक महिनामा यो शोलाई १ सय ३२ मिलियन दर्शकले कमसेकम २ मिनेटसम्म हेरेका छन ।
   यो वेब सिरिज सेप्टेम्बर १०, २०२१ मा सार्वजनिक भएको थियो । यसअघि ‘ब्रिजर्टन’ले शोमा रेकर्ड राखेको थियो । जुन रिलिजको २८ दिनमै करिब ८२ मिलियन दर्शकले हेरेका थिए । ‘स्क्विड गेम’को नौ एपिसोड छ ।
   यो सिरिजको कथा ऋणमा डुबेको पात्रमा आधारित छ । यो सिरिजमा ४ सय ५६ मानिसलाई देखाइएको छ । जो ऋणको जालमा नराम्ररी फँसेका हुन्छन् । यी व्यक्तिलाई पैसाको लोभ देखाएर एक खेलमा सहभागी हुन प्रस्ताव गरिन्छ । त्यसपछि उनीहरु कोरियाई गेममा सहभागी हुन्छन् ।
   यो खेल कोरियन बच्चाहरुको खेलमा आधारित हुन्छ । यो खेलमा एकपछि अर्को गर्दै सबै मानिस मारिदै जान्छन् । अन्त्यमा बाँच्ने मानिस यसको विजेता बन्छन् ।
  जसलाई पुरस्कारको रुपमा ३८ दशमलब ७ मिलियन डलर पुरस्कारस्वरुप दिइन्छ ।

nijgadh-supermart-adz1200-630