skip this farak Kura Pravakar

गृहजिल्ला हिँडेका मन्त्री बडू बाटोमै रोकिए

663 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : कानुन न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्र बडुका साथै ५ सय जना यात्रु जाममा फसेका छन् । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला दार्चुला जान लागेका बडु बाटो बन्द हुँदा दुई दिनदेखि बैतडीको दोगडाकेदार गाउँपालिकाको डिक्गाडमा फसेका हुन् ।

सोमबार नै दार्चुला पुग्ने कार्यक्रम भएपनि बाटो बन्द हुँदा उनी बुधबारसम्म बैतडीमै रोकिएका छन् । उक्त जाममा जिल्ला अस्पताल दार्चुलाको एम्बुलेन्स पनि फसेको छ ।

यस्तै महेन्द्रनगर र धनगढीबाट दार्चुला जान लागेका मार्मा लेकम मालिकार्जुन शैल्यशिखर नगर पालिकाका ५ सय जना यात्रु दुई दिनदेखि डिक्गाडमा जाममा फसेका छन् । सुदूरपश्चिममा जारी अविरल वर्षका कारण दार्चुला जाने सडक अवरोध भएको छ ।

nijgadh-supermart-adz1200-630