skip this farak Kura Pravakar

पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन प्रचण्डको आग्रह

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन् ।

यस्तै आइतबारदेखि परिरहेको बेमौसमी झरीले पूर्वदेखि पश्चिमसम्म धानबालीमा ठूलो क्षति पुर्याएको छ । धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको प्रचण्डको भनाइ छ ।

वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न भागमा ३० जनाभन्दा बढी नागरिकको मृत्यु गएको उनले बताए । यता तीन दर्जनभन्दा बढी नागरिक सम्पर्कविहीन भएका थिए । प्रचण्डले यस विपद्मा ज्यान गुमाउनेहरूमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् ।

बाढी–पहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूमा प्रचण्डको विशेष आग्रह छ ।

‘बाढी–पहिरोमा फसेकाहरूको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

nijgadh-supermart-adz1200-630