skip this farak Kura Pravakar

छापाखाना संचालकको हत्या गरेर भागेका आरोपी १७ वर्षपछि पक्राउ

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : काठमाडौंको पुतलीसडकमा रहेको एकता प्रेस छापाखानाका संचालकको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भएका छापाखानाका संचालक खिम बहादुर सिवाकोटीको हत्यामा संलग्न शनि नरसिंह राणालाई १७ वर्षपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले बताए ।

प्युठानको मल्लरानी गाउँपालिका–४ घर भएका राणा लामो समय भारतमा र त्यसपछि नेपाल फर्केर लुकेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई असोज १५ मा काठमाडौंको म्हैपीबाट पक्राउ गरेको थियो ।

छापाखाना अगाडी मोटरसाईकल पार्किङ गरेको विषयमा विवाद हुँदा शनि नरसिंह सहित ३ जना मिलेर सिवाकोटीलाई कुटेर हत्या गरेका थिए । हेलमेट, फलामे रड र चिया पकाउने भाँडोले कुटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी भट्टले बताए ।

हत्यामा संलग्न बा.१६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल धनी ईश्वरी राणा र गोरखा सिरान्चोक घर भएका धन बहादुर गुरुङ फरार छन् ।

nijgadh-supermart-adz1200-630