skip this

प्यूठानमा जीप दुर्घटना,  तीन जनाको मृत्यु, १२ जना घाइते

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

प्यूठान । प्यूठानमा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र  मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । जीप मंगलबार मध्यरात दुर्घटनामा परेको हो ।

nijgadh-supermart-adz1200-630