skip this farak Kura Pravakar

टी-ट्वान्टी विश्वकप : नामिबियाले नेदरल्यान्ड्सलाई हरायो

558 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई हराएको छ ।आबुधाबीमा बुधबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो । योसँगै नामिबियाले पहिलो जित दर्ता गराएको छ ।
पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो ।नेदरल्यान्ड्सले दिएको १ सय ६५ रनको लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नामिबियाको जितमा डेविड विजले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान गेर्हार्ड इरास्मसले ३२ रन जोड्दा स्टेफेन बार्डले १९ रन बनाए ।
नेदरल्यान्ड्सका फ्रेड क्लासेन, कोलिन,टिम भान डेर र पिटर सिलारले एक एक विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको नेद्ल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका म्याक्स ओ’डोडले ७० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको जित सम्भव भएन । नामिबियाका जान फ्राईलिंकले २ विकेट लिए । जितसँगै नामिबियाको सुपर-१२ मा पुग्ने सम्भावना कायमै छ ।

nijgadh-supermart-adz1200-630