skip this

माओवादी छाडेर एमाले राेजेका बाराका समीर र राैतहटका कुन्दन केन्द्रीय सदस्यमा मनोनित

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले राेजेका बारा र राैतहटका दुई जना तत्कालीन प्रदेश सांसद केन्द्रीय सदस्य मनोनित भएका छन् ।
शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
समिरलाई प्रदेश कार्यदलले जिल्ला सचिव बनाएकाे थियाे । यी दुवै नेतालाई पार्टी छाडेपछि माओवादीले कारबाही गरेकाे थियाे । पार्टीकाे सिफारिसमा प्रदेश सांसद पद खारेज भएकाे थियाे
रावलकाे विराेध
एमाले नेता भीम रावलले भने सो निर्णयको विरोध गरेका छन् । उनले प्रभु साहलाई खुसी पार्न पार्टीको अपानी विपरित निर्णय भएको भन्दै बैठकपछि सार्वजनिक रुपमै असन्तुष्टि जनाए ।

nijgadh-supermart-adz1200-630