सुत्केरी श्रीमतीलाई अलपत्र छाडेर श्रीमान युवती लिएर फरार, खोजि गरिदिन श्रीमतीको आग्रह (भिडियो)
वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:०९
1.47K
shares

काठमाण्डौं : सलार्हीको हजरियाकी २९ वर्षिया रबिता मुखिया ४ महिनाको छोरो च्यापेर श्रीमानको खोजिमा भौतारिएकी छिन् ।
अप्रेशन गरेर छोरो जन्माएको १० दिनमै माईती घर रौतहटको गुजरा नगरपालिका ७ जयपुर बीन टोलमा छाडेर श्रीमान शिवनारायण मुखिया सम्पर्क विहीन भएका छन् ।
दुई महिनादेखि सम्पर्क विहीन भएका शिवनारायणले गाउँकै एक १६ वर्षिया यूवती भगाएका छन् । श्रीमान सम्पर्क विहीन भएपछि रबिता र उनका ४ महिनाको काखे छोरा, ६ वर्षका छोरा र ७ वर्षिया छोरीको विचल्ली भएको छ ।
अप्रेशनपछि कमजोर भएकी रबिताको पोषिलो खानपिनको जोहो गर्नुपर्ने श्रीमान बेपत्ता भएपछि समस्या भएको हो । सम्पर्क विहीन श्रीमानको खोजीको लागि सञ्चारमाध्यमसंग सहयोग मागेकी छिन् ।
हेर्नुस् भिडियो
वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:०९
















