skip this

फिदिममा बस दुर्घटनामा दुई जनाको मृत्यु, घाइते ६३ मध्ये १५ को अवस्था गम्भीर

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं :पाँचथरको फिदिममा भएको बस दुर्घटनामा घाइते ६५ जनामध्ये दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते उनीहरुको उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
    दुर्घटना घाइते बाँकी ६३ जनामध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ  । उनीहरुको पाँचथर, झापा र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
     ४४ सिट  क्षमताको को १ ख ३८६५ नम्बरको बस अधिक क्षमताका कारण शान्तिपुरमा अर्को सवारी साधनलाई उछिन्न खोज्दा सडकको डिलबाट खोँचमा झरेको थियो ।
    फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको उक्त बसमा दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेका पाँचथरकै कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा रहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630