निर्वाचनमा सत्तापक्षले गरेको धाँधलीलाई आयोगले वैधता प्रदान गर्यो –शंकर पोखरेल
वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:११
1.02K
shares

काठमाडौं। निर्वाचनमा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप नेकपा एमालेका महासचिव शंकर पोखरेलले लगाएका छन् । आज समाजिक सञ्जाल माफर्त स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा पोखरेलले यस्तो आरोप लगाएका हुन् ।
स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको उनको भनाई छ । आयोग पुन मतदान गर्न अस्विकार गरेसँगै यी दुई जिल्लामा मतगणना सुरु भएको छ ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:११

















