skip this

मकवानपुर उद्योग वाणिज्य संघ : आज मतदान हुँदै

966 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर : मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका अनुसार, आज (मंगलबार) मतदान हुँदैछ । आगामी ३ वर्ष कार्यकालका लागि आज मतदात हुने भएको हो ।
कोरोना संक्रमणका कारण पटक–पटक स्थगित हुँदै आएको संघको निर्वाचन व्यवसायिक हितका एजेण्डा बोकेर व्यवसायीका नेताहरु निर्वाचनका लागि दौडधूप गरिरहेका छन् ।संघको अध्यक्ष पदकाललागि हालका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल र निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले उम्मेदवारी दर्ता भएका छन् ।
अग्रवालको प्यानलमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिंह रानाभाट, एसोसियटतर्फको उपाध्यक्ष पदमा विष्णु खनाल, बस्तुगततर्फको उपाध्यक्ष पदमा काब्यमणि अधिकारीले उम्मेदवार दर्ता गराएका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः कुलप्रसाद चौँलागाई, जावेद हुसेन, गणेशप्रसाद भेटवाल, पुष्पराज पुडासैनी, कृष्णप्रसाद ढुंगाना, निलम बैद्य, भुपेन्द्रप्रसाद अधिकारी, अंकिता सुमार्गी, प्रदिप अर्याल, दिपक खत्री, निमल पाण्डे श्रीकृष्ण कर्माचार्य, राजाराम कार्की, अनिलभक्त श्रेष्ठ, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, रुपकराज दाहाल, दिपक उप्रेती, दामोदर पाठक, र सितादेवी भेटुवाल रहेका छन् ।
यसैगरी, न्यौपानेको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रतिमा श्रेष्ठ, एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौलागाईँ र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, सदस्यहरु नवराज खतिवडा, राजु थापा, अशोककुमार राउत, अजिव भट्टराई, तेजराज अधिकारी, दिपक शिवाकोटी, ज्ञानेन्द्र बर्तौला, मेनका श्रेष्ठ, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल, माधव ज्ञवाली, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, सुदर्शन पराजुली, विष्णु दाहाल, बालकृष्ण बजगाईँ, हरिनारायण ठाकुर, मनु दाहाल, नेत्र कुमारी भक्त अग्रवाल, राजु राउतलगायतत रहेका छन् ।
निर्वाचित सदस्यहरुबाट १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष र १ कोषाध्यक्ष मनोनित हुनेछन् । त्यस्तै, थप ३ जना सदस्य मनोनित गरिने जनाइएको छ । संघको समितिमा १२ जना पदाधिकारी र २० जना सदस्य गरी कूल ३२ जना रहने महासंघले जनाएको छ ।

nijgadh-supermart-adz1200-630