कोहलपुरमा साढे ३ लाख नगदसहित ६ जना जुवाडे पक्राउ
वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:४६
690
shares

काठमाडौं : बाँकेको कोहलपुरमा करिब साढे तीन ला नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
मंगलबार बिहान एक बजेको समयमा कोहलपुर नगरपालिका-८ पिपरीस्थित रुद्रवीर खडकाको घरमा छापा हानी प्रहरीले ६ जनालाई रंगहात पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट तीन लाख ४९ हजार ७०५ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ ।
वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:४६

















