गठबन्धनलाई नतोडेर यसलाई निरन्तरता दिएर अघि बढ्नुपर्छ–बाबुराम भट्टराई
वि.सं.२०७९ मंसिर २८ बुधवार १३:४६
966
shares

काठमाडौं । निर्वाचन परिणाम जस्तो आएपनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पुर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन्। आज बिहान डा.भट्टराईनिवासमा पुगेका कांग्रेसका नेता अर्जुन नरसिंह केसीसँग उनले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन्।
भट्टराईले गठबन्धनलाई तोड्न नहुँने बताउँदै यसलाई निरन्तरता दिएर अघि बढ्नुपर्ने जिकिर गरेका छन् । डा.भट्टराई निवासमा भएको भेटमा समसामयीक राजनीति, सत्ता समिकरण, निर्वाचन परिणाम र भावी योजनाबारे छलफल भएको थियो।
वि.सं.२०७९ मंसिर २८ बुधवार १३:४६

















