प्रधानमन्त्री बन्न पाए देशको कायापलट गर्न सक्ने आत्मविश्वास छ– प्रकशमान सिंह
वि.सं.२०७९ पुस २ शनिवार १४:०२

काठमाडौं। आफू प्रधानमन्त्री बन्न पाए देशको कायापलट गर्न सक्ने आत्मविश्वास आफूसँग रहेको नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले बताएका छन्। आज काठमाडौंको शंखमुलमा मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन ।
उनले प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको जिकिर गरेका छन् । ‘नेता सिंहले आफू मन्त्री भए काठमाडौं–१ का जनताका लागि सुनमा सुगन्ध हुने जिकिर गर्दै जनताबाट अनुमोदित हुन नै सबैभन्दा ठूलो पद भएको बताएका छन्। जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको उनको भनाई थियो ।
त्यस्तै उनले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औँल्याए ।उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु,’ सिंहले भने। यद्यपि, प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्ने आत्मविश्वास आफूमा रहेको बताए। प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न नसक्ने पनि सिंहको भनाइ थियो ।उनले भने, ‘यो त तपाईँहरूले मात्रै चाहेर पनि हुँदैन। मैलेमात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसमा निर्भर गर्छ ।’
वि.सं.२०७९ पुस २ शनिवार १४:०२
















