skip this farak Kura Pravakar

श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ

819 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा : पर्सामा सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेट इलाकाबाट भारतको पूर्वी चम्पारण मोतिहारी घर बताउने ३२ वर्षीय आजाद मियालाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका मियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको टोलीले उक्त रुपैयाँसहित पक्राउ गरेको हो।
पक्राउ परेका मियालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630