होटल व्यवसायि शर्माको जन्मदिनको अवसरमा भीमोदय बहुमुखी क्याम्पस अक्षय कोषमा सहयोग
वि.सं.२०७८ कात्तिक १३ शनिवार २०:५५

बारा : बाराका होटल व्यवसायि मोहन शर्मा लामिछानेले गोरखाको आरुघाटस्थित भीमोदय बहुमुखी क्याम्पसको अक्षय कोषमा आर्थिक सहयोग गरेका छन् । गोरखाको आरुघाटस्थित आरुटारमा जन्मिएर बाराको सिमरालाई कर्मथलो बनाएका शर्माले आफ्नो ४७ औं जन्म दिनको अवसरमा ४७ हजार क्याम्पस अक्षय कोषमा सहयोग गरेका हुन् ।
शर्माले अक्षय कोषमा रकम जम्मा गरेर आजीवन सदस्य बनेको क्याम्पस प्रमुख डा. विरेन्द्र पुडासैनीले जानकारी दिए । क्याम्पसले शर्मा दम्पतीलाई धन्यवाद दिदै तस्वीर क्याम्पस सङ्ग्रहालयमा राख्ने जानकारी गराएको छ ।
शर्मा होटल तथा पर्यटन व्यवसायि संघ प्रदेश २ का महासचिव तथा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष हुन् ।

त्यस्तै चन्द्र बहादुर थापाले ३१ हजार एक सय ३५ रुपैया अक्षय कोषमा जम्मा गरेका छन् । उनी आजीवन सदस्य बनेका छन् ।
वि.सं.२०७८ कात्तिक १३ शनिवार २०:५५
















