skip this farak Kura Pravakar

सिंगौलका विपन्न परिवारलाई मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराको सहयोग

888 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढ नगरपालिकास्थित सिंगौलका विपन्न परिवारलाई मेची महाकाली बुहारी संयुक्त आवाज बाराको सहयोग गरेको छ । शुभ दिपावली तथा छठ पर्वको अवसरमा संस्थाले निजगढ–३ का आर्थिक रुपमा विपन्न चार परिवारलाई खाद्यन्न तथा लत्तकपडा सहयोग गरेको हो ।


स्थानीय जङ्ग बहादुर सिञ्जाली, टीका राय नेपाली, शेष बहादुर दमाई, सन्देश घिमिरेलाई मेची महाकाली बुहारी संयुक्त आवाज बाराले सिरक, डस्ना, तकिया सेट र खाद्यन्न वितरण गरेको हो ।
कार्यक्रममा अध्यक्ष सावित्रा बराल तिमल्सिना, उपाध्यक्ष सगुन लामा, शान्ति लामा, सचिव उषा लामा मोक्तान, कोषाध्यक्ष चन्द्रिका पुलामी मगर, सदस्य सरिता तिमल्सिना, राधिका अस्थानी मगर, सल्लाहकार सुभद्रा नेपाल, महालक्ष्मी लाईफ इन्स्यूरेन्स निजगढकी  प्रमुख अमृता बस्नेता, स्थानीय महिला मिना सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630