skip this

जसपा नेपालको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै, कसले मार्ला बाजी ?

912 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा)नेपालको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदैछ ।साढे २ बजेपछि एक घण्टा मतदानको समय तोकिएको प्रचार विभागले जनाएको छ ।मतदान सकिए लगत्तै गणना सुरु गर्ने र अन्तिम परिणाम पनि तुरुन्तै गरिनेछ ।

संसदीय दलको नेतामा जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदहरु राजकिशोर यादव र नवलकिशोर साह प्रतिस्पर्धामा छन् ।तीन प्रतिस्पर्धीबीच सहमति जुट्न नसकेपछि मतदानबाट जसपाले दलको नेता छान्न लागेको हो ।जसपामा १२ जना सांसद छन् ।

nijgadh-supermart-adz1200-630