माधवकुमार नेपाल र विष्णु पौडेलबीच भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह
वि.सं.२०७९ पुस १३ बुधवार ०९:३४
1.29K
shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारमा सहभागी हुन एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन्।मंगलबार साँझ उनीहरूबीच भेट भएको बताइएको छ। भेटमा पौडेलले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ।
नेपाललाई भेटे लगत्तै पौडेल अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोट भेटमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि थिए।नेपाललाई मंगलबार नै वामदेव गौतमले पनि भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए।
वि.सं.२०७९ पुस १३ बुधवार ०९:३४

















