skip this

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

राैतहट : रौतहटमा मोटरसाईकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरिया घर भई रौतहटको दुर्गा भगवती गाउँपालिकाको बडहर्वा प्रहरी चौकीमा कार्यरत ३३ बर्षीय प्रहरी जवान रामनिवास यादव रहेका छन् ।
     उनको बागमती नदीको पुलमा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । रौतहट गढीमाई नगरपालिका वडा नम्बर–६ धरमपुरस्थित बागमती नदीको पुलमा सोमबार राती करिब सवा ८ बजेको समयमा प्रहरी जवान यादवले चलाएको ज ७ प ३१४२ मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको गरुडा ईलाका प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । काम विशेषले गएको बेला कुनै अर्कै सवारी साधनले प्रहरी जवान यादवलाई ठक्कर दिएको हुन सक्ने उनले बताए ।

nijgadh-supermart-adz1200-630