skip this

शहीद हिरालाल पार्कको लागि बजेट माग्दै पूर्वप्रधानमन्त्री नेपाललाई ज्ञापन–पत्र

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ)  : बाराको निजगढ ४ स्थित शहीद हिरालाल पार्कको विकासको विषयमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई ज्ञापन पत्र बुझाईएको छ ।
शहीद हिरालाल पार्क व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्यालले निजगढस्थित रुद्राक्ष होटलमा आईपुगेका नेता नेपाललाई ज्ञापन पत्र बुझाएका हुन् ।


पर्यटकीय क्षेत्रका रुपमा विकास भईरहेको पार्कलाई डिपीआर अनुसार विकास गर्नका लागि बजेट अभाव भएको भन्दै समितिले नेता नेपालको ध्यानकषर्ण गराएको हो ।
सरकारमा पर्यटन मन्त्री नेकपा (एकिकृत समाजवादी) का तर्फबाट प्रेम आले छन् ।
रौतहटको गौरबाट सिमरा फर्किने क्रममा नेता नेपालले गठबन्धनका नेता–कार्यकतासंग भेटघाट गरेका थिए ।
नेता नेपालसंगै एकिकृत समाजवादीका केन्द्रीय सचिव नागेन्द्र चौधरी, पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभा सरला यादव, केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य रामकुमार भट्टराई समेत सहभागि भएका थिए ।
त्यस्तैगरि केन्द्रीय सदस्य छबिलाल उप्रेती, नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य रविराज दंगाल, जिल्ला सदस्य सन्तोष दंगाल, नेकपा (एकिकृत समाजवादी) जिल्ला सदस्य जीतलाल श्रेष्ठ, जगतबहादुर न्यौपाने, पवन विश्वकर्मा, अनिल भण्डारी, निजगढ नगरपालिकाका मेयरका प्रत्यासी नारायण खड्का, ९ नं. वडा अध्यक्ष सुदर्शन प्रसाद बडाल, युवा संघ बाराका पूर्व सचिव भिमसेन सापकोटा, नेकपा (माओवादी केन्द्र) निजगढ नगर सदस्य शेख अन्जर, निजगढ ६ का दिपक सापकोटा लगायत सहभागि थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारी, वरिष्ठ पत्रकार गोकुल घोरसाईने, सञ्चारकर्मी इन्दीप कोईराला लागयत सहभागि थिए ।

nijgadh-supermart-adz1200-630