रुपन्देहीको महालक्ष्मी सलाई उद्योगमा आगलागी
वि.सं.२०७८ कात्तिक १७ बुधवार ०९:११
1.22K
shares

रुपन्देही : रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ मा रहेको महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको छ ।
गएराति ८ बजे सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
उनका अनुसार बुटवलसहित विभिन्न पालिकाबाट दमकलहरु मगाइ सुरक्षा निकाय , जनप्रतिनिधि र सर्वसाधारणको पहलमा राति नै आगो नियन्त्रणमा आएको थियो । तर क्षतिको विवरण भने अझै आइसकेको छैन ।
वि.सं.२०७८ कात्तिक १७ बुधवार ०९:११
















