मन्त्री आकांक्षि ज्ञानेन्द्र शाहीले पाए राप्रपाको प्रमुख सचेतकको जिम्मेवारी
वि.सं.२०७९ माघ ४ बुधवार १२:३०
1.08K
shares

काठमाडौं -मन्त्री आकांक्षि ज्ञानेन्द्र शाहीले राप्रपाको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाको प्रमुख सचेतक बनाएको छ ।
राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
वि.सं.२०७९ माघ ४ बुधवार १२:३०

















