skip this farak Kura Pravakar

सरकार मुलुकमा आर्थिक सामर्थ्यलाई राम्रो बनाउन लागि परेको छ –अर्थमन्त्री पौडेल

714 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। मुलुकमा आर्थिक सामर्थ्यलाई राम्रो बनाउन लागि परेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बताएका छन्। आज कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक चुनौती खडा भएकाले आर्थिक सामर्थ्यलाई राम्रो बनाउन सरकारलाई सबैको साथ चाहिएको बताएका हुन्।

उनले चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको मात्र होइन, गत वर्षको भन्दापनि कम राजश्व संकलन भइरहेको जानकारी गराएका छन् । एमाले उपाध्यक्षसमेत रहेका पौडेलले अर्थतन्त्र ठिक ठाउँमा ल्याउन मितव्ययता, खर्च र सुविधाको कटौतीका लागि सरकारले सिंगो देशलाई आह्वान गरिरहेको स्पष्ट पारे। उनले अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौती रहेको धारणा राखे।

nijgadh-supermart-adz1200-630