skip this farak Kura Pravakar

लोक रिझ्याँइको भुलभुलैयामा नलागौं, नयाँ चिन्तनका साथ प्रस्तुत होउँ–सोबिता गौतम

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राजनीतिमा वसन्त ऋतु सुरुवात भएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बताएकी छन् ।आज उपसभामुखको लागि पार्टीको तर्फबाट उम्मेदवार रहकी इन्दिरा रानामगरको प्रस्तावकको रुपमा प्रतिनिधिसभामा पहिलो सम्बोधन गर्दै उनले जाडो याम सकिएर वसन्त ऋतुमा पालुवा पलाए झैँ राजनीतिमा पनि वसन्त ऋतु सुरुवात भइसकेको बताएकी हुन् ।

प्रतिनिधिसभामा आज पहिलो सम्बोधन गर्दै सांसद गौतमले उक्त कुरा बताएकी हुन् ।उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने पनि उल्लेख गरिन् । त्यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौमतले अंकगणितको खेलमा लागे नागरिकको मतको अपमान हुने बताएकी छिन् ।

अंकगणितको खेलमा मात्रै लाग्ने हो भने नागरिकको मतको अपमान हुन्छ’ गौतमले भनिन्, ‘नागरिक हुनुको परिचय तब दिन सक्छौ जब मत दिएर पठाउनेको अमूल्य मतको सदुपयोग गर्छौ । लोक रिझ्याँइको भुलभुलैयामा नलागौं । नयाँ चिन्तनका साथ प्रस्तुत होउँ ।’

nijgadh-supermart-adz1200-630