skip this

अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री रेखा शर्माबीच भेटवार्ता

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबीच बजेटबारे छलफल भएको छ । छलफलमा मन्त्री शर्माले स्वास्थ्य र विकास निर्माणमा बजेट विनियोजन गर्न माग गरेकी छन् । आज अर्थमन्त्री पौडेलको निवासमा भएको छलफलमा मन्त्री शर्माले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई सञ्चालन गर्न बजेट माग गरेकी हुन् ।

यस्तै शर्माले दाङको घोराही तुलसीपुर सडक खण्डको फोरलेन सडक र दाङको टरिगाउँ एयर्पोटमा ७२ सिटे जहाज चल्ने व्यवस्था गर्न माग गरेकी छन् भने दाङ खण्डकै हुलाकी राजमार्ग छिटो बन्नुपर्नेमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएकी छन् ।

nijgadh-supermart-adz1200-630