skip this farak Kura Pravakar

के किसानहरुले अप्रिय निर्णय नगरेसम्म सरकारले ऋण नतिरिदिने हो ?– गगन थापा

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कुखुरा पालन गरेका साना किसानहरूले अप्रिय निर्णय नगरेसम्म सरकारले उनीहरूको ऋण नतिर्दिने हो भन्दै सांसद गगन थापाले प्रश्न गरेका छन्। आज बसेको कोप्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद थापाले यस्ता किसान सयौंको संख्यामा रहेका भन्दै यस्ता साना किसानहरू दिनहुँ रोएर कृषि मन्त्रालय धाइरहेका उल्लेख गरेका छन् ।

सांसद थापा किसानरूले अप्रिय निर्णय नगरुन भन्नका लागि ऋणले थिचिएका यी साना किसानहरूलाई जोगाउन सरकारले दिन्छु भनेको, दिनैपर्ने निर्णय गरेको ऋणबापतको रकम नझुलाउन सभामुखसमक्ष माग गरेका छन्। सांसद थापाले सरकारले बर्ड फ्लुको जोखिम न्यूनीकरण गर्न उनीहरूको कुखुरा फार्म नष्ट गरेको भन्दै उनीहरूलाई त्यसबाट भएको क्षतिपूर्ति सरकारबाट भराउन माग गरेका छन् ।

किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ। सरकार दिन्न भन्दैन। दिन्छु भन्छ तर झुलाउँछ। किनकि सरकारलाई भ्याइनभ्याइ छ। तर बैंकले यिनलाई अठ्याउँछ, सांसद थापाले सरकारलाई प्रश्न गरे,के किसानरूले अप्रिय निर्णय नगर्नेबेलासम्म कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउँदै सहानुभूति प्रकट गर्दै छानबिन गर्न समिति बनाउने हो कि ?

nijgadh-supermart-adz1200-630