काठमाडौंमा बाल्टिनमा डुबेर बालिकाको मृत्यु
वि.सं.२०७९ माघ २३ सोमवार १९:५३
1.26K
shares

काठमाडौं-काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ।
सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए।
लाक्पा तामाङकी १७ महिने छोरीको मृत्यु भएको हो।
घरको कम्पाउन्डमा खेल्ने क्रममा अचानक बाल्टिनको पानीमा डुबेको एसपी रिजालले बताए।
उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल पुर्याइएको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।
वि.सं.२०७९ माघ २३ सोमवार १९:५३

















