skip this

चक्कु प्रहारबाट एक युवकको मृत्यु

669 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : कैलालीको टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेको उनले बताए ।

nijgadh-supermart-adz1200-630