skip this

छठ पर्वमा सद्भावको टिका (फोटो फिचर)

876 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढ ९ बकैया नदी किनारमा रमझमका विच उदाउँदो सुर्यलाई अर्घ दिएर यो वर्षको छठ पर्वको विदाइ गरिएको छ ।
निजगढ पहाडी समुदायको बसोबास भएको क्षेत्र हो । यहाँ मधेसी समुदायका केहि पुरानाबासीन्दासंगै नयाँ अवसरको खोजिमा निजगढमा बसाई सरेका मधेसी समुदाय बढेसंगै छठको रौनक पनि बढेको छ ।
मधेसीसंगै पहाडी मुलका स्थानीयलाई पनि छठको रौनकताले छोएको छ । छठलाई आस्था मानेर ब्रत बस्ने, चढाउन दिने, दर्शन गर्ने जसरी भएपनि छठसंग जोडिएका हुन्छन् ।
दुवै समुदाय एकै ठाउँमा बसेर पूजा गर्छन । प्रसादका रूपमा नरिवल, केरा र ठेकुवा चढाउँदै सूर्यलाई अर्घ दिँदा उनीहरु एकै परिवारका सदस्यजस्तै देखिन्छन् । विहानको अर्घ दिएसंगै एकले अर्कालाई त्रिशुल आकारमा टिका लगाईदिएका छन् ।

फरक समुदायका ब्रतालु भएपनि छठ पर्वको टिकाले सद्भाव प्रवाह गरिरहेको देखिन्थ्यो ।
छठ पर्व हेर्न सर्वसाधरणको समेत भिड लाग्न थालेको छ । बुधबार नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु भएको छठ पर्व बिहीबार बिहान उदाउँदो सूर्यलाई पूजा गरेसँगै सम्पन्न भएको छ ।
केही तस्बिरहरु :

nijgadh-supermart-adz1200-630