अस्वस्थ भएपछि प्रचण्ड मेडिसिटी अस्पताल भर्ना
वि.सं.२०७८ कात्तिक २७ शनिवार १६:०३
663
shares

काठमाडौँ : सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।
बिहानदेखि स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पताल भर्ना भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि महोत्तरी जाने कार्यक्रम स्थगित गरी घरमै आराम गरेका उनी चेकजाँचका लागि अस्पताल गएका हुन् । एक्कासी रक्तचाप बढेपछि उनी बिहानदेखि चिकित्सकको निगरानीमा घरमै आराममा थिए ।
रक्तचाप नियन्त्रणमा नआएपछि थप चेकजाँच गर्न अस्पताल लगिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक २७ शनिवार १६:०३

















