skip this

समाजवादी प्रेस संगठनको केन्द्रीय कमिटीमा बाराका तीन जना

894 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी घोषणा गरिएको छ ।
बानेश्वरमा आयोजित राष्ट्रिय भेलाबाट पदाधिकारी घोषणा गरिएको हो । शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारी रहेको केन्द्रीय कमिटी घोषणा गरिएको छ ।
महासचिव भुपराज खड्का र कोषाध्यक्ष कृष्णराज गौतम चयन भएका छन् । समितिमा १२ उपाध्यक्ष, दुई उपमहासचिव र चार सचिव छन् ।
केन्द्रीय कमिटीमा बाराकी तीन
केन्द्रीय समितिमा बाराका तीन जना परेका छन् । बाराका सुभाष साह सचिव भएका छन् । त्यस्तै केन्द्रीय सदस्यमा रमेश सुवेदी र जीतलाल श्रेष्ठ बाराका हुन् ।
त्यस्तै उपाध्यक्ष प्रकाश खतिवडा सप्तरीका हुन् । अर्का सचिव गोविन्द चौलागाई रौतहटका हुन् ।

nijgadh-supermart-adz1200-630